Lucky-Khabar_

वीरगञ्ज आउँदै तरकारी लिएको ट्रक भीमफेदीमा दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

content ad p2

बुधबार बिहान पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षासँगै लागेको बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा ट्रकमा सवार ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी हेटौँडा अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

यस्तै, ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वर्षाका कारण सडक चिप्लो हुनु र बाक्लो हुस्सुले दृश्यता कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

लक्की खबर

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पकहाँ मैनपुर गाउँपालिकाद्वारा ल्यापटप वितरण

लक्की खबर

सिरहाबाट स्वचालित पेस्तोल र म्याग्जिनसहित तीन युवा पक्राउ, अनुसन्धान जारी

लक्की खबर