Lucky-Khabar_

बारामा करेन्ट लागेर एक वृद्धको मृत्यु

वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिका–७, कोतवाली बेल्वामा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।

content ad p2

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय गणेश महतो कोईरी रहेका छन्। बिहीबार बिहान करिब १०ः४० बजे उनी बिजुलीको पोलमा बत्ती बाल्न हुक लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार हुकको एउटा तार विद्युत् लाइनमा अल्झिएपछि अर्को तार उनको शरीरमा खसेको थियो, जसका कारण उनी करेन्टको चपेटामा परेका हुन्।घटनापछि परिवारका सदस्य तथा स्थानीयवासीको सहयोगमा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले ईसीजी (ECG) परीक्षणपछि दिउँसो करिब १२ः०५ बजे उनलाई मृत घोषणा गरेका थिए।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्र जयनगरबाट प्रहरी सहायक निरीक्षक पुजई महराको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको थियो।मृतकको शव हाल प्रादेशिक अस्पताल कलैयामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पर्साको डीएसपी राजु कार्कीको कार्यशैलीप्रति स्थानीयको प्रशंसा, सम्मान गर्नुपर्ने आवाज

लक्की खबर

सिरहाको मिर्चैयामा व्यवसायीसँग रास्वपा नेता तपेश्वर यादवको अन्तरक्रिया

लक्की खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर