Lucky-Khabar_

प्रगतिशील लोकतान्त्रिक पार्टीमा विभाजन: पार्टी छोडेको नेता राम कार्कीको घोषणा

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले पार्टीसँगको सबै सम्बन्ध तोडेर अलग हुने घोषणा गरेका छन् ।

content ad p2

पार्टी औपचारिक रूपमा विभाजित भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफू सुरुदेखि नै कुनै कार्यकारी पदमा नरहेको स्पष्ट पारेका छन् । अबका दिनमा उनी युवाहरूको पहलमा सञ्चालित ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’ नामक वैचारिक पाठशाला र त्यससँग सम्बन्धित काममा मात्र सीमित रहने प्रतिबद्धता जनाएका छन् ।

पार्टी विभाजनबारे टिप्पणी गर्दै नेता कार्कीले प्रलोपामा आबद्ध अधिकांश नेताहरू पुराना तथा संसदीय जडतामा फसेका दलहरूबाट आएका कारण निर्वाचनलाई नै राजनीतिको मुख्य ध्येय बनाउन पुगेको निष्कर्ष निकालेका छन् ।

चुनावको भुमरीमा फसेर वैचारिक अडान जोगाउन नसकेको र पार्टीका नेताहरूले विभिन्न पुराना दलहरूसँग सहकार्य गर्न पुगेकाले संगठन छोटो समयमै टुट्न पुगेको उनको भनाइ छ । प्रलोपामा रहँदा सहकर्मीहरूबाट पाएको स्नेहको स्मरण गर्दै उनले अलग भएका दुवै समूहलाई आफ्नोतर्फबाट शुभकामना समेत दिएका छन् ।

सम्बन्धित खबर

कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड रुपैयाँ शेखर कोइरालाले फिर्ता गरे

लक्की खबर

वीरगञ्ज नाकाबाट शीर्ष १० वस्तुको आयात बढ्यो, पेट्रोलियममा मात्रै २ खर्ब ३८ अर्ब

लक्की खबर

२५० रुपैयाँको खरिदमा १० लाखको उपहार, करदाता प्रोत्साहन कार्यक्रम सुरु

लक्की खबर