Lucky-Khabar_

कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड रुपैयाँ शेखर कोइरालाले फिर्ता गरे

काठमाडौं । विराटनगरस्थित ऐतिहासिक ‘कोइराला निवास’ मर्मतका लागि सरकारले विनियोजन गरेको दुई करोड रुपैयाँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फिर्ता गरेका छन् ।

content ad p2

आफूले सरकारी रकम लिनु नैतिक रूपमा उचित नहुने भन्दै नेता कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेर बजेट फिर्ता गरेका हुन् ।देशमा सीमित स्रोत र साधन रहेका बेला विपन्न तथा कष्टकर जीवन बिताइरहेका नागरिकको उत्थानमा राज्यको रकम खर्चिनुपर्ने उनको भनाइ छ । उनले उक्त रकम कोइराला निवासको मर्मतमा खर्च गर्नुको सट्टा आम नागरिकको हितमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघरका रूपमा रहेको ऐतिहासिक कोइराला निवासको मर्मतका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको थियो ।गत वर्षको आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएको उक्त ऐतिहासिक घर करिब एक शताब्दीअघि कृष्णप्रसाद कोइरालाले निर्माण गरेका थिए ।

नेता कोइरालाले बीपी कोइरालाले जीवनभर नेपाली जनताको गाँस, बास र कपासका लागि संघर्ष गरेको स्मरण गर्दै राज्यले विपन्न नागरिकको पक्षमा काम गर्नु नै कोइराला निवासप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।उनले ऐतिहासिक सम्पदाको संरक्षण महत्वपूर्ण भए पनि मुलुकका विपन्न नागरिकको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर राज्यको स्रोत परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित खबर

प्रगतिशील लोकतान्त्रिक पार्टीमा विभाजन: पार्टी छोडेको नेता राम कार्कीको घोषणा

लक्की खबर

वीरगञ्ज नाकाबाट शीर्ष १० वस्तुको आयात बढ्यो, पेट्रोलियममा मात्रै २ खर्ब ३८ अर्ब

लक्की खबर

२५० रुपैयाँको खरिदमा १० लाखको उपहार, करदाता प्रोत्साहन कार्यक्रम सुरु

लक्की खबर