काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसहित विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका साथै मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
सरकारले पछिल्लो समय देखिएका राजनीतिक तथा प्रशासनिक विषयमा लिनुपर्ने निर्णयबारे बैठकबाट आवश्यक निर्णय गर्न सक्ने बताइएको छ।


