Lucky-Khabar_

अन्तर्राष्ट्रिय युवा दिवसमा रेडक्रस पर्साको रक्तदान तथा सरसफाइ अभियान

वीरगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले रक्तदान तथा सरसफाइ कार्यक्रम आयोजना गरेको छ। शाखाले बुधबार वीरगञ्जस्थित रक्त सञ्चार केन्द्र (ब्लड बैंक) परिसरमा सरसफाइसँगै रक्तदान कार्यक्रम गरेको हो।

content ad p2

कार्यक्रमअन्तर्गत रेडक्रस पर्सा शाखाको भवन तथा रक्त सञ्चार केन्द्र परिसरमा सरसफाइ गरिएको थियो। रक्तदान कार्यक्रमको शुभारम्भ शाखा सभापति बृजकिशोर पटेलले रक्तदान गरेर गरेका थिए।

युवालाई सामाजिक सेवामा सक्रिय सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सभापति पटेलले बताए।

रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेका अनुसार बुधबार दिउँसो ३ बजेसम्म २० जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा सभापति पटेलसहित अमित साह, राधेकृष्ण पाण्डे, ओमकुमार पटेल, तीर्थराज साह र मनिष सिंहलगायत छन्।

युवाको सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र समुदायप्रतिको योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले रक्तदान तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको रेडक्रस पर्साले जनाएको छ। शाखाले आगामी दिनमा पनि रक्तदान, सरसफाइ तथा सामाजिक सचेतनासहितका मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर