Lucky-Khabar_

बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी सार्वजनिक

वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा–२ का १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र म्याजिक चालक २४ वर्षीय प्रोग्रेस चौधरीलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार साउन ३१ गतेदेखि हराइरहेकी गरिमा भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।

प्रारम्भिक अनुसन्धानमा सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई घटनास्थलमा लगेको र जबर्जस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बाराबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर