Lucky-Khabar_

बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी सार्वजनिक

वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

content ad p2

जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा–२ का १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र म्याजिक चालक २४ वर्षीय प्रोग्रेस चौधरीलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार साउन ३१ गतेदेखि हराइरहेकी गरिमा भदौ २ गते वीरबहादुर रोकाको एकतले घरको खाली कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीसमेत परिचालन गरिएको थियो।

प्रारम्भिक अनुसन्धानमा सुमन थापाले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई घटनास्थलमा लगेको र जबर्जस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत बाराबाट चार दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर