Lucky-Khabar_

पर्साको विद्युत् संकट समाधान गर्न सांसद कानुको सरकारसँग जोडदार माग

वीरगञ्ज । पर्सा जिल्लामा लामो समयदेखि देखिएको विद्युत् संकट समाधान गर्न सांसद सुशिल कानुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। विशेषगरी वीरगञ्ज क्षेत्रमा विद्युत् आपूर्ति अनियमित हुँदा व्यवसायी तथा सर्वसाधारणले ठूलो समस्या भोग्नुपरेको भन्दै उनले तत्काल समस्या समाधान गर्न माग गरेका हुन्।

content ad p2

सङ्घीय संसद्मा बोल्दै सांसद कानुले अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर भइरहेका बेला विद्युत् प्राधिकरणको ढिलासुस्ती सह्य नहुने बताए।

उनले बिग्रिएका ट्रान्सफर्मर तत्काल मर्मत गर्न तथा पर्सामा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।

‘जनताको प्रतिनिधिका रूपमा यो समस्या समाधान नभएसम्म निरन्तर आवाज उठाइरहने’ प्रतिबद्धता व्यक्त गर्दै सांसद कानुले विद्युत् संकटका कारण उद्योग, व्यवसाय तथा दैनिक जनजीवनमा परेको असरप्रति सरकार गम्भीर बन्नुपर्ने बताए।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर