काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित ९ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्ताव अनुमोदन गर्दै उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।

मनोनीत हुनेमा गृहमन्त्री गुरुङ, पूर्वाधार विकासमन्त्री लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी, भूपदेव शाह र डा. भक्तबहादुर राई रहेका छन्।

मन्त्रीको जिम्मेवारीमा रहेका प्रमुख नेताहरूलाई समेत केन्द्रीय तहमा थप जिम्मेवारी दिँदै रास्वपाले आफ्नो संगठनलाई थप प्रभावकारी र गतिशील बनाउने तयारी गरेको जनाएको छ।


