Lucky-Khabar_

रास्वपामा जिम्मेवारी बाँडफाँट : पुरुषोत्तम सहमहामन्त्री, मनोहर कोषाध्यक्ष, जगदीश प्रवक्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य तथा विभिन्न विभागका प्रमुखको जिम्मेवारी बाँडफाँट गरेको छ।

content ad p2

रास्वपाले पुरुषोत्तम यादवलाई सहमहामन्त्री, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष र जगदीश खरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ। त्यस्तै डा. नमिता यादव र सुरेन्द्र चौधरी सहप्रवक्ता मनोनीत भएका छन्।

पार्टीले भुपदेव शाह, सुधन गुरुङ, सुनिल लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, सुरेन्द्र चौधरी, भक्तबहादुर राई र डा. मनोहर प्रधानलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

त्यस्तै शिशिर खनाल, गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झालाई सचिवालय सदस्यको जिम्मेवारी दिइएको छ।

विभागीय जिम्मेवारीतर्फ संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरू, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग प्रमुखमा शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लिमा अधिकारीलाई जिम्मेवारी दिइएको छ।

नयाँ जिम्मेवारीसँगै रास्वपाले संगठन विस्तार, जनगुनासो सम्बोधन र विभिन्न क्षेत्रका कामलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ।

सम्बन्धित खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर

पर्सागढी–३ मा राजनीतिक उथलपुथल, विष्णु तामाङसहित ठूलो संख्यामा रास्वपामा प्रवेश रास्वपा नगर विभिन्न कमिटीमा नियुक्त

लक्की खबर