Lucky-Khabar_

पर्सागढीमा स्थानीयवासीसँग सांसद सुशील साह कानुको प्रत्यक्ष संवाद

वीरगञ्ज । पर्सा क्षेत्र नं. २ का सांसद सुशील साह कानुले पर्सागढी नगरपालिकामा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा तथा अपेक्षाबारे जानकारी लिएका छन्।

content ad p2

स्थानीयवासीसँगको संवादका क्रममा सांसद कानुले जनताका समस्या प्रत्यक्ष रूपमा सुन्ने र ती समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनप्रतिनिधिको मुख्य जिम्मेवारी जनतासँग निरन्तर सम्पर्कमा रहेर उनीहरूका समस्या समाधानका लागि आवाज उठाउनु रहेको बताए।

कार्यक्रममा डा. चन्द्रभूषण सिंह, यातायात विभाग प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशका राम आर्य, रास्वपा पर्सागढीका सभापति कविराज अर्याल, रास्वपा नेता बुधिराज पौडेललगायत क्षेत्रका अन्य नेता तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी स्थानीयवासीले क्षेत्रका विभिन्न विकास निर्माण, पूर्वाधार तथा दैनिक जीवनसँग सम्बन्धित समस्याबारे सांसद कानुलाई जानकारी गराएका थिए। सांसद कानुले उठाइएका विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल गर्ने आश्वासन दिएका छन्।

स्थानीय तहमा प्रत्यक्ष पुगेर नागरिकसँग संवाद गर्ने कार्यक्रमले जनप्रतिनिधि र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर