Lucky-Khabar_

हरि खेतान बहुमुखी कलेजमा सम्मान तथा पुरस्कार वितरण

वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

content ad p2

कलेज प्रमुख किशोरी रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष डा. राम औतार खेतान प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष हरि गौतम, सल्लाहकार जयप्रकाश खेतान, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता थियो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित बीबीएस परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गरेकी कलेजकी छात्रा अञ्जली कुमारी गुप्तालाई विशेष सम्मान गरिएको थियो। उनलाई नगद ११ हजार रुपैयाँसहित प्रमाणपत्र, माला, खादा, टीका तथा मायाको चिनो प्रदान गरिएको थियो।

कलेज प्रमुख रायका अनुसार यस वर्ष नेपालभरका ५५६ कलेजमध्ये हरि खेतान बहुमुखी कलेजले बीबीएस परीक्षाको नतिजामा नेपालमै प्रथम स्थान हासिल गर्न सफल भएको छ।

त्यस्तै,अमित कुमार बर्णवाललाई इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) प्रवेश परीक्षामा पहिलो प्रयासमै २१७औँ रैंक हासिल गरी पूर्ण छात्रवृत्ति प्राप्त गरेको उपलब्धिका लागि सम्मान गरिएको थियो। उनलाई नगद ५ हजार १ सय रुपैयाँसहित प्रमाणपत्र, खादा तथा टीका प्रदान गरियो।

लायन्स क्लबद्वारा आयोजित म्याराथनमा चौथो स्थान हासिल गरेकी सुशिला कुमारी तात्वा र तेस्रो स्थान प्राप्त गरेकी आशा कुमारी साहलाई पनि प्रमाणपत्र, खादा तथा टीकासहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै कलेजका पदाधिकारीहरूले विद्यार्थीहरूको मेहनत, लगनशीलता र सफलताले कलेजको शैक्षिक पहिचान थप मजबुत बनाएको बताउनुभयो। विद्यार्थीको प्रतिभा र क्षमतालाई आगामी दिनमा पनि निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरे।

कलेज सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले विद्यार्थीहरूको सफलताले कलेजसँगै वीरगञ्जको शैक्षिक क्षेत्रको प्रतिष्ठासमेत बढाएको बताउँदै उत्कृष्ट विद्यार्थीलाई निरन्तर सहयोग र प्रोत्साहन गरिने उल्लेख गर्नुभयो।

सम्मानित विद्यार्थीहरूले प्राप्त उपलब्धिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ मेहनत गरी उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमले विद्यार्थीहरूमा अध्ययन तथा अतिरिक्त क्रियाकलापप्रति थप उत्साह र प्रेरणा प्रदान गरेको कलेजले जनाएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर