Lucky-Khabar_

भारतको अरेराजमा बोलबम यात्राका क्रममा बसबाट खसेर बाराका तीर्थयात्रीको मृत्यु

वीरगञ्ज । भारतको अरेराजमा बोलबम यात्राका क्रममा बसबाट खसेर बसकै पछाडिको चक्काले किच्दा बाराका एक तीर्थयात्रीको मृत्यु भएको छ।

content ad p2

मृत्यु हुनेमा आदर्श कोतवाल गाउँपालिका–३ भटिनिया निवासी वनारसी राय यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार यादव गाउँका अन्य व्यक्तिहरूसँगै बोलबम यात्राका लागि मे १ ख २४२९ नम्बरको बस रिजर्भ गरेर भारतको अरेराज गएका थिए।गत शनिबार दिउँसो करिब ३ बजे यात्रा गरिरहेका बेला यादव अचानक बसबाट खसेका थिए। बसबाट खसेलगत्तै सोही बसको पछाडिको चक्काले किच्दा उनी गम्भीर घाइते भएका थिए।

घाइते यादवलाई तत्काल उपचारका लागि भारतबाट वीरगञ्जस्थित नेशनल मेडिकल कलेज ल्याइएको थियो। आइतबार बिहान अस्पताल पुर्‍याइएका यादवलाई चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका हुन्।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि उद्धार कोषमा सहयोगको ओइरो, ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी संकलन

लक्की खबर

एक दिनमै ६०२ जनाको हेलिकप्टरमार्फत उद्धार, खोज तथा उपचार कार्य तीव्र

लक्की खबर

वीरगञ्जमा तीन दिनभित्र दुई बालबालिकाको शंकास्पद मृत्यु, सौतेनी आमा प्रहरी नियन्त्रणमा

लक्की खबर