Lucky-Khabar_

भोटेकोशी बाढीपीडितका लागि वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा १५ लाख १ हजार सहयोग

वीरगञ्ज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि वीरगञ्ज उद्योग वाणिज्य संघले १५ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

content ad p2

संघले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

रसुवाको स्याफ्रुबेसी, टिमुरेलगायत नुवाकोट, धादिङ र गोरखामा बाढीका कारण ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै संघले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ।

संघले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, विभिन्न संघसंस्था तथा सर्वसाधारणलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।

प्राकृतिक विपद् तथा संकटका समयमा विगतदेखि नै प्रभावित समुदायलाई सहयोग गर्दै आएको संघले आगामी दिनमा पनि मानवीय तथा सामाजिक कार्यमा निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

चेक हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद गौतम, निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधवराजपाल, महासचिव शिवाजीप्रसाद साह, कोषाध्यक्ष अनोज रुङ्गटा, सचिव प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष नीरज अग्रवाल, सहसचिव अनुप अग्रवाल, कार्यकारी सचिव सुनीलकुमार कन्थालगायतको उपस्थिति थियो।

सम्बन्धित खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

रसुवा बाढीपीडितका लागि वीरगन्जका जेन्जीयुवाहरुको सहयोग अभियान

लक्की खबर

मधेशका १ सय ६२ जना अझै रसुवा बाढीमा बेपत्ता

लक्की खबर