काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको तयारी भइरहेका बेला मंगलबार गुरुङ संस्थापन इतर समूहमा प्रवेश गरेका हुन्। उनलाई संस्थापन इतर समूहको महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीमा प्रवेश गराएको कोइरालाको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार गुरुङलाई आगामी महाधिवेशनका लागि मनाङ जिल्ला संयोजकको जिम्मेवारी समेत दिइएको छ।गुरुङ यसअघि गण्डकी प्रदेश सरकारमा मन्त्री भइसकेका छन्। कांग्रेसको महाधिवेशन तयारीसँगै उनी संस्थापन इतर समूहमा आबद्ध भएका हुन्।


