Lucky-Khabar_

पार्टी अनुशासन उल्लंघन गर्नेलाई अब कडा कारबाही हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनतालाई अब कडाइका साथ नियन्त्रण गरिने बताएका छन्।

content ad p2

मंगलबार पार्टीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको नीति तथा अनुशासनविपरीत गतिविधि गर्ने र विपक्षीलाई फाइदा पुग्ने गरी अभिव्यक्ति दिने जोकोहीमाथि कडा कारबाही गरिने चेतावनी दिए।उनले केन्द्रीय कमिटीको बैठकलाई ‘कट अफ डेट’ मानेर त्यसपछि पार्टी अनुशासन उल्लंघन गर्ने गतिविधिमा कुनै छुट नदिइने बताए।

‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । केन्द्रीय कमिटीको बैठकलाई हामीले कट अफ डेट मानेका छौं,’ ओलीले भने, ‘अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ।’

ओलीले पार्टी पुनर्गठनका नाममा अध्यक्ष हटाउने प्रयास भएको भन्दै त्यसलाई ‘अपराधपूर्ण क्रियाकलाप’को संज्ञा दिए।केन्द्रीय कमिटी बैठकअघि भएका गतिविधिलाई क्षमा दिइएको उल्लेख गर्दै उनले अब भने अनुशासन उल्लंघनमा छुट नदिइने स्पष्ट पारे।

‘केन्द्रीय कमिटी बैठकअघि भएका यी सबै कुरामा क्षमा भयो । तर, अब क्षमा हुँदैन,’ उनले भने।उनले पार्टीभित्र प्रतिनिधि परिषद् बैठकको आवश्यकता नरहेको भन्दै अहिलेको प्राथमिकता निर्वाचनको तयारी भएको बताए। ‘यो चुनावको तयारीको बेला हो । कोराकोर, हानहान गर्ने होइन,’ ओलीले भने।

अध्यक्ष ओलीले अब एमालेको मुख्य ध्यान लोकतन्त्रको पुनर्वहाली तथा आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने बताए।समयअनुसार पार्टीले दुई कार्यभारमध्ये कुनमा बढी केन्द्रित हुने निर्णय गर्ने उल्लेख गर्दै उनले निर्वाचनमा केन्द्रित भएर अघि बढ्ने बताए। ‘दुई कार्यभार कतिखेर कुनमा फोकस हुने कुरा पार्टीले निर्धारण गर्छ । निर्वाचनमा फोकस हुन्छौं र जित्छौं,’ ओलीले भने।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर