Lucky-Khabar_

पर्सा–२ को कांग्रेस क्षेत्रीय सभापतिमा नितेन्द्र साह सर्वसम्मतद्वारा चयन

वीरगञ्ज, १३ असोज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नितेन्द्र साह सर्वसम्मत चयन भएका छन्।

content ad p2

मंगलबार वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी मसिहानीमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट साह सभापतिमा सर्वसम्मत चयन भएका हुन्। साह बहुदरमाई नगरपालिकाका पूर्वमेयर हुन्।

अधिवेशनबाट उपसभापतिमा रन्जित पटेल र सरजुग महतो, सचिवमा रोशन सिंह तथा सहसचिवमा दिनेश यादव र भूमा अधिकारी सर्वसम्मत चयन भएका छन्।

यस्तै, कांग्रेसको १५औँ महाधिवेशनका लागि पर्सा क्षेत्र नम्बर २ बाट ३४ जना महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन्। प्रतिनिधिमा पूर्वकानुनमन्त्री अजय चौरसिया, मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, रामरुप कुर्मी, महमद शाहबुदिन, राकेश सिंह, लोकनारायण यादव, ओमप्रकाश शर्मा, नरेन्द्र साह, दिना गुप्ता, ओमकृष्ण लामिछाने, भोला कलवार, राकेश यादव, सन्जय केडिया, रुपा श्रेष्ठ, गीता श्रेष्ठ, सुष्मा तिवारी, रन्जित पटेल र सरजुग महतो लगायत छन्।

क्षेत्रीय सभापति, पदाधिकारी तथा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएसँगै पर्सा–२ मा कांग्रेसको १५औँ महाधिवेशनको क्षेत्रीय प्रक्रिया अघि बढेको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर