वीरगञ्ज । नेपाली कांग्रेस पर्सामा जिल्ला सदस्यसहित २७ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।

पार्टीभित्रको आन्तरिक विवाद, नेतृत्वको कार्यशैली तथा संगठन सञ्चालनप्रति असन्तुष्टि जनाउँदै उनीहरूले राजीनामा दिएको जनाइएको छ।
राजीनामा दिनेमा जिल्ला कार्यसमितिका सदस्यसहित विभिन्न तहका नेता तथा कार्यकर्ता रहेका छन्। उनीहरूले पार्टी नेतृत्वसमक्ष सामूहिक रूपमा राजीनामा बुझाएका हुन्।
राजीनामा दिनेहरूले पार्टीको संगठनलाई विधि, प्रक्रिया र कार्यकर्ताको भावनाअनुसार सञ्चालन गर्नुपर्ने मागसमेत गरेका छन्। घटनापछि पर्सा कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ।




