वीरगञ्ज । रसुवा बाढीपीडितका लागि ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्जले ४० बन्डल कपडा जिल्ला प्रशासन कार्यालय पर्सालाई हस्तान्तरण गरेको छ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगञ्जका अध्यक्ष जयप्रकाश खेतानको नेतृत्वमा गएको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुखसमक्ष उक्त सामग्री हस्तान्तरण गरेको हो।
हस्तान्तरण गरिएको कपडा जिल्ला प्रशासन कार्यालय पर्साको जिम्मामा राखिएको छ। उक्त सामग्री बाढी तथा दैवी प्रकोपबाट प्रभावित परिवारलाई आवश्यकताका आधारमा वितरण गरिने जनाइएको छ।


