Lucky-Khabar_

रसुवाको बाढीपहिरोमा बेपत्ता नेपाली सेनाका जवान अभिषेक गुप्ताको कुशको शव बनाई अन्तिम संस्कार

रौतहट । रसुवामा आएको विनाशकारी बाढीपहिरोमा बेपत्ता भएका रौतहट मौलापुर नगरपालिका–७ सगैयाका २२ वर्षीय नेपाली सेनाका जवान अभिषेक गुप्ताको हिन्दु परम्पराअनुसार आज कुशको शव बनाई अन्तिम दाहसंस्कार गरिएको छ।

content ad p2

बैधनाथ साह कानुका छोरा अभिषेक गुप्ता नेपाली सेनाको श्री शेरगण कार्यालयमा कार्यरत थिए। गत भदौ १० गते रसुवामा आएको बाढीपहिरोका क्रममा उनी बेपत्ता भएका थिए। घटनापछि नेपाली सेना, सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा लामो समयसम्म खोजी कार्य जारी राखिए पनि हालसम्म उनको अवस्था र ठेगाना पत्ता लाग्न सकेको छैन।

अभिषेकको खोजीका लागि निरन्तर प्रयास भए पनि कुनै जानकारी प्राप्त नभएपछि परिवारले हिन्दु परम्पराअनुसार कुशको शव बनाई अन्तिम संस्कार गरेको हो।

अन्तिम संस्कारका क्रममा रौतहटस्थित नेपाली सेनाका प्रमुखले बेपत्ता जवान अभिषेकका पिता बैधनाथ साह कानुसहित परिवारजनसँग भेट गरी समवेदना व्यक्त गर्नुभएको थियो। उहाँले शोकमा रहेका परिवारजनलाई धैर्यधारण गर्न आग्रह गर्दै दुःखको यस घडीमा नेपाली सेना परिवारको साथमा रहेको बताउनुभएको थियो।

२२ वर्षको कलिलो उमेरमै प्राकृतिक विपत्तिका क्रममा बेपत्ता भएका अभिषेकको अन्तिम संस्कारले परिवार, आफन्त तथा स्थानीयवासीलाई भावुक बनाएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर