रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहट जिल्ला कमिटी, क्षेत्रीय कमिटी तथा पालिका समितिका पदाधिकारी र कार्यकर्ताबीच गरुडामा महत्वपूर्ण छलफल भएको छ।
‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत आयोजित छलफलमा पर्साका सांसद सुशील कानु र सप्तरीका सांसद सिराराम साहको सहभागिता रहेको थियो।

छलफलमा रौतहटका विभिन्न तहका रास्वपा कार्यकर्तासँग भोलि सञ्चालन हुने कार्यक्रम तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ। अभियानलाई स्थानीयस्तरसम्म प्रभावकारी रूपमा अघि बढाउने, कार्यक्रम सञ्चालनमा आवश्यक समन्वय गर्ने तथा आगामी गतिविधिका विषयमा सहभागीहरूबीच विचार–विमर्श भएको बताइएको छ।
कार्यक्रममा जिल्ला, क्षेत्रीय तथा पालिका समितिका प्रतिनिधि तथा कार्यकर्ताहरूले स्थानीय अवस्था र आगामी कार्यक्रमबारे आफ्ना धारणा राखेका थिए। सांसदद्वय कानु र साहले पनि अभियानअन्तर्गत गरिने गतिविधि तथा आगामी कार्यदिशाका विषयमा कार्यकर्ताहरूसँग छलफल गरेका थिए।
रास्वपाले ‘हामी आउँदै छौँ’ अभियानमार्फत विभिन्न जिल्लामा संगठनात्मक तथा जनसम्पर्क गतिविधिलाई अघि बढाउँदै आएको जनाएको छ।


