Lucky-Khabar_

रौतहट गौरमा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत भेटघाट तथा छलफल

रौतहट गौरमा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत भेटघाट तथा छलफ
रौतहट, २२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत रौतहटको गौरमा क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताबीच भेटघाट तथा महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा रास्वपाका सांसद सिताराम साह, सांसद सुशील कानु तथा केन्द्रीय सदस्य जुली यादवको उपस्थिति रहेको थियो। कार्यक्रममा सांसद सिताराम साह प्रमुख अतिथि तथा सांसद सुशील कानु विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
रास्वपा रौतहट क्षेत्र नं. १ का क्षेत्रीय सभापति मधुमेन्द्र यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा रास्वपा मधेस प्रदेशका यातायात विभाग प्रमुख राम आर्य, शिक्षा विभाग प्रमुख सबु कटेल, रास्वपा रौतहटका जिल्ला सभापति प्रदीप साहलगायत क्षेत्रका विभिन्न नेता तथा कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो।

content ad p2
oplus_2097154

भेटघाट तथा छलफलका क्रममा संगठन सुदृढीकरण, आगामी कार्यदिशा तथा स्थानीय निर्वाचनको तयारी लगायतका विषयमा सहभागीहरूबीच सार्थक छलफल भएको जनाइएको छ। स्थानीय तहमा संगठनलाई थप व्यवस्थित बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने तथा आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा पनि छलफल भएको बताइएको छ।
‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत क्षेत्रीयस्तरमा नेता तथा कार्यकर्ताबीच भेटघाट, संगठनात्मक छलफल तथा आगामी गतिविधिको तयारीलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

सम्बन्धित खबर

आँधी कहाँसम्म आइपुग्यो, तुफान कति टाढा छ?’ भन्दै प्रचण्डमाथि ज्ञानेन्द्र शाहीको व्यङ्ग्य

लक्की खबर

राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव शमानी रास्वपामा प्रवेश

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर