वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ ।

सूचनाका अनुसार सरावगी रास्वपामा प्रवेश गरेको छ। उनको पार्टी प्रवेशसम्बन्धी PRS 1 000435776 नम्बरसमेत उल्लेख गरिएको छ।
सरावगी यसअघि नेकपा एमालेमा आबद्ध थिए। उनी एमालेको केन्द्रीय सदस्यसमेत रहेका थिए। त्यसअघि उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित भएका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा भने सरावगी नेकपा एमालेका तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी राजेशमान सिंहसँग पराजित भएका थिए।
यसअघि २०७८ फागुनमा सरावगीले तत्कालीन जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए।
अब आउदो चुनावमा बिरगंजको मेयर टिकट कस्ले पाउने रास्वपा बाट ,राजनेतिक माहौल कसरी बन्ला त हेर्न बाकि छ।



