Lucky-Khabar_

वीरगञ्ज–१७ अलौमा रास्वपाको वडा कार्यालय उद्घघाटन

बिरगंज  । वीरगञ्ज महानगरपालिका वडा नं. १७, अलौमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा कार्यालय उद्घाटन कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ।

content ad p2

वडा कार्यालय उद्घाटन कार्यक्रम पार्टीको संगठन विस्तार तथा स्थानीय तहमा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अथिति पर्सा दुईका सांसद सुशिल कानु अतिथिहरु रास्वपा  पर्साका जिल्ला उपाध्यक्ष दिलिप कुर्मि,क्षेत्र दुईका सभापति फैयाज आलम, नगर सभापति दिपराज  पटेल,बिरगंज -१७का रास्वपा सभापति सन्तोष साह र अन्य  नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी भई उद्घाटन समारोहको गरिमा बढाउनुहुने सम्पूर्ण अतिथिज्यूहरू, पार्टीका नेता–कार्यकर्ता तथा घण्टीका शुभेच्छुकहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

वडा कार्यालय सञ्चालनमा आएसँगै स्थानीय जनताका समस्या, गुनासा तथा विकाससम्बन्धी विषयमा छलफल गर्न र पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर