Lucky-Khabar_

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

काठमाडौं । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।

content ad p2

एमालेका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने उद्देश्यले पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो।राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षामन्त्री मनोजकुमार सिंह रहेका छन्।

नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीसमेत गठबन्धनमा सहभागी छ।एमालेका चार मन्त्रीले राजीनामा दिँदै समर्थन फिर्ता लिएपछि मधेस प्रदेशको राजनीतिक समीकरणमा फेरबदल आउने र नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने सम्भावना देखिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर