काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ। आगामी चार वर्षका लागि चयन भएको कार्यसमितिमा मधेस प्रदेशबाट ६ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

- काठमाडौंमा असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना सकिएसँगै असोज ३० गते शुक्रबार सबै २३१ पदको परिणाम सार्वजनिक भएको हो। कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहनेछ। निर्वाचित २३१ जनाबाहेक बाँकी ६६ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ।

गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति
सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। त्यस्तै, उपसभापतिमा विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, डा. चन्द्रकान्त भण्डारी, इन्जिनियर मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला (पन्त) चयन भएका छन्। विभिन्न समावेशी समूहबाट ११ जना सहमहामन्त्रीसमेत निर्वाचित भएका छन्। मधेस प्रदेशबाट निर्वाचित ६ जना
नयाँ केन्द्रीय कार्यसमितिमा मधेस प्रदेशको प्रतिनिधित्व गर्दै खुला, महिला र युवा समूहबाट गरी ६ जना निर्वाचित भएका छन्।
निर्वाचित हुनेहरूमा: डा. अञ्जनीकुमार झा, शम्भुबहादुर बुढाथोकी र विनोद खनाल,मेघा शाही
३५ वर्षमुनिका युवा खुलातर्फ: गौरव पाण्डे
३५ वर्षमुनिका युवा महिलातर्फ: ममता शर्मा
मधेस प्रदेशबाट खुलातर्फ तीन जना, महिलातर्फ एक जना तथा ३५ वर्षमुनिका युवा समूहबाट दुई जना निर्वाचित भएका हुन्। यससँगै नयाँ केन्द्रीय कार्यसमितिमा प्रदेशबाट विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित भएको छ।
नेपाली कांग्रेसको नयाँ नेतृत्व र केन्द्रीय कार्यसमितिले आगामी चार वर्ष पार्टीको संगठन सञ्चालन, राजनीतिक रणनीति निर्माण तथा विभिन्न तहका संगठनलाई परिचालन गर्ने जिम्मेवारी पाउनेछ।
स्रोत: नेपाली कांग्रेस सम्बन्धी समाचार — [अनलाइनखबर]


