४ फागुन,वीरगञ्ज । बाराको बरियारपुरको इनर्वा चोकमा मृतकको शव राखेर उनका आफन्तले सडक अवरुद्ध बनाएर प्रदर्शन गरेका हुन् ।

गत बुधबार सवारीको ठक्करबाट महागढीमाई नगरपालिका वडा नं. २ का ६० वर्षीय हरेन्द्र मिश्र गम्भिर घाइते एल एस न्युरो अस्पताल परवानीपुरमा पुरयाएका थिए । उनको गएराति उपचारको क्रममा निधन भएको थियो ।
उनीहरुको मागठक्कर दिने सवारीलाई तत्काल खोजी कारवाही गर्नुपर्ने र मृतकका परिवारलाई क्षतीपूर्ती दिनुपर्ने छ । बाराका प्रहरी निरिक्षक सूचना अधिकारी विरेन्द्रराज गुरुङले ठक्कर दिने सवारी र चालको खोजी तिव्र पारेको जनाए ।


