Lucky-Khabar_

साँझ ५ बजेदेखि बिरगंजमा कर्फ्यु आदेश जारी

७ फागुन,वीरगञ्ज ।। बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो ।

content ad p2

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै बिरगंजमा कफ्र्यू आदेश जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरेको बताए ।

प्रशासनका अनुसार पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कफ्र्यू आदेश जारी भएको हो ।
कफ्र्यू आदेश जारी गरेको ठाउँमा ह्ड्डिुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायतका उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाएको प्र  जिअ भुसालले जनाए ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर