वीरगञ्ज ।मधेसी युवालाई काठमाडौँको लाजिम्पाटमा दुर्व्यवहार गर्ने नक्कलि D S P पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढीका प्रवीण श्रेष्ठ रहेका छन् ।

दरबारमार्ग प्रहरीले ती व्यक्तिलाई आइतबार पक्राउ गरेको हो ।
उनले गत शनिवार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा एक जना मधेसी युवालाई आफू प्रहरीको डिएसपी भएको भन्दै धाक धम्कीसहित गालीगलौज गरेका थिए ।
वीरगञ्ज,पर्साका युवकले गाडी ओभरटेक गरेको भन्दै श्रेष्ठले उनलाई ‘तँ इन्डियन नागरिकता छ कि छैन, म डिएसपी हुँ’ भन्दै अपशब्द समेत प्रयोग गरेका थिए ।
श्रेष्ठले गुप्तालाई धम्क्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।पछी अनुसंधान गर्दा धम्क्याउने श्रेष्ठ Dsp नभएको दरबारमार्ग प्रहरीले जनाएको छ ।


