Lucky-Khabar_

संघीय संसदले बनायो दुईवटा कानुन ७ महिनापछि

१८ फागुन, काठमाडौं।

content ad p2

प्रतिनिधि सभाबाट पास भएर गएको सम्पत्ति शुद्धीकरण  निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको २वटा विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

२७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक २४ माघ २०८० मा पास भएर राष्ट्रिय सभामा गएको थियो । राष्ट्रिय सभाले स्वीकार गरेसँगै यो विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको हो ।

अब राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधि सभामा जान्छ । राष्ट्रिय सभामा भएको संशोधन प्रतिनिधि सभाबाट स्वीकार भएको खण्डमा सभामुखबाट प्रमाणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ ।  प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुन्छ| ।

२८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २३ माघ २०७९ मा पास भएर प्रतिनिधि सभामा पुगेपछी शुक्रबार पारित गरेसँगै यो विधेयक संघीय संसदको दुबै सदनबाट पारित भएको छन् ।

अब यो विधेयक प्रतिनिधि सभा हुदै  राष्ट्रपति कहा जान्छ र  प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुन्छ ।

४ मंसिर २०७९ मा भएको प्रतिनिधि सभा सदस्यको चुनाव पछाडी संघीय संसदले बनाएको यो २ वटा कानुन दोस्रो र तेस्रो हो ।

यो पहिला १२ साउन २०८० मा संघीय संसदबाट पारित भएर गएको मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । मिटरब्याज समस्या समाधान सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने उक्त ऐन ४ मंसिर २०७९ मा भएको प्रतिनिधि सभा सदस्यको चुनावपछिको पहिलो ऐन हो ।

पहिलो ऐन बनेको ७ महिनापछि संघीय संसदले थप २वटा ऐन बनाएको हो ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष यादवसहित ८ जना पक्राउ

लक्की खबर