Lucky-Khabar_

शिव मनी ट्रान्सफर रौतहटका सञ्चालकमाथि गोली प्रहार गर्ने तीन जना पक्राउ

 

२ रौतहट,परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरका मालिक  २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गर्ने तीन जनाला ई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले भारत विहार पूर्वी चम्पारण मोतिहारीका मुनिफ कुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको रौतहट प्रहरी जनाएको छ |

content ad p2

उनले घटना भएको केही मिनेटभित्रै तीनै जनालाई पक्राउ गरिएको जनाए । उनले भने,‘घटना हुन साथ प्रहरीलाई खबर आयो, हाम्रो टोली घटनास्थलमा पुग्यो । यता सबै सीमानाकामा कडाइ गरियो, त्यसपछि बोर्डरबाट घेरा हालेर तीनै जनालाई नियन्त्रणमा लिइयो ।’

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहतमा राखी घटनाबारे थप अनुसनधान प्रक्रिया अगाडि बढाइएको रौतहट प्रहरीले जनाएको छ ।
रौतहटका एस.पी. श्रेष्ठले भारतबाट आएका ३ जनाले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको बताए । एसपी श्रेष्ठले घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद भएको जनाए ।

कन्चटमा गोली लागेका साहलाई थप उपचारको लागि वीरगञ्जको न्यूरो अस्पतालमा लगिएको छ भनि  जनाएको छ  । लुटेराहरू भारतीय नम्बर  अपाची बाइकमा आएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

तीनकुनेबाट ७०५ थान ग्यास सिलिन्डर बरामद, कालोबजारीको आरोपमा एक पक्राउ

लक्की खबर