Lucky-Khabar_

न्यायाधिशले अन्याय गरेको भन्दै उच्च अदालत जनकपुरमा नाराबाजी, गर्ने हरुमाथि मानहानीको मुद्दा दर्ता

२३ चैत,जनकपुर । उच्च अदालत जनकपुरको इजलास नम्बर ४ ढोकामा न्यायाधिशले अन्याय गरेको भन्दै अदालतमै नारावाजी भएको हो ।

content ad p2

धनुषाको सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीहरुलाई सफाई दिएपछि पीडित पक्षले असन्तुष्टी जनाउँदै नाराबाजी गरेका थिए ।जिल्ला अदालत धनुषाबाट जन्मकैदको सजाय पाएका ३ जना र १ सालको कैद सजाय पाएका बाँकी प्रतिवादीहरुलाई उच्च अदालत जनकपुरले सफाई पाएपछि पीडित पक्षले फैसलाप्रति असन्तुष्टी जनाउँदै अदालत परिसरमै नारवाजी गरेका हुन् ।

घटनामा मारिएका रामसेवक राउतका छोरा संजीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै अदालतको फैसलाबिरुद्ध नारावाजी गरेका थिए ।
नारावाजी गरेको आरोपमा संजीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहलाई तत्कालै पक्राउ गरी अदालतले मानहानीको मुद्दा चलाएको छ ।

त्यस्तै  चैत २२ गते जिल्ला अदालत धनुषाबाट जन्म कैदको सजाय पाएका महेन्द्र यादव, महेस यादव र रासविहारी भन्ने लालविहारी यादवसहित १ सालको कैद सजाय पाएका १९ जनालाई उच्च अदालत जनकपुरले जिल्लाको फैसला पल्टाउँदै अभियोग दाबीबाट सफाई दिएको छ ।

उच्च अदालत जनकपुरको इजलाश नम्बर ४ मा न्यायधिशहरु किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलाशले जिल्ला अदालतको फैसला पल्टाउँदै प्रतिवादी सबैलाई सफाई दिने फैसला सुनाएको हो ।
सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा ०७१ साल चैत ८ गते राति भएको विवादमा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो  भने छ  ।

सम्बन्धित खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

सरकारी गाडी लिएर क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष यादवसहित ८ जना पक्राउ

लक्की खबर

मधेशका १ सय ६२ जना अझै रसुवा बाढीमा बेपत्ता

लक्की खबर