Lucky-Khabar_

प्रभु हॉस्पिटल र बयोध्या होस्पिटलमा वीरगञ्ज महानगरको छड़के अनुगमन

२७ चैत,वीरगञ्ज।वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित अनुगमन समितिले वीरगन्जको गण्डक स्थित नारायणी बयोधा मेडिसिटी अस्पताल र वीरगन्जकोे पानीटंकी रोड बिरगंज नया बसपार्क जाने रोडको पश्चिम स्थित् प्रभु हस्पिटलमा अनुगमन गरेको छ।

content ad p2

बयोधा मेडिसिटी अस्पतालको ल्याब, आई.सि.यु. फार्मेसी र चमेनागृह (क्यान्टिन)मा अनुगमन गरिएको र त्यसक्रममा कुनैपनि त्रूटी फेला नपरेको अनुगमन समितिका सदस्य तथा वीरगञ्ज महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताए । प्रभु हस्पिटलकोपनि ल्याब, आई.सि.यु., फार्मेसी र चमेनागृह (क्यान्टिन)मा पनि अनुगमन गर्दा त्यहाँपनि कुनै त्रुटी नभेटिएको जानकारी ठाकुरले दिए ।

दुवै अस्पतालमा सरसफाइको अवस्थापनि राम्रो अवस्थामा रहेको पाइएको जानकारी समेत दिए । अनुगमन टोलीमा महानगरका अधिकृत विपीन कुमार लाल दास, समितिका सदस्य कन्हैया ठाकुर, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव, प्रहरी सहायक निरीक्षक बृजकिशोर यादव लगायतको सहभागीता थियो ।

त्यस्तै सोमबार पनि उक्त अनुगमन समितिले वीरगञ्जकै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमापनि अनुगमन गरेको थियो |

सम्बन्धित खबर

पर्सागढीका बेपत्ता ट्रक चालक नरेश राईको परिवारलाई सांसद कानुको भेट, खोजी तथा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता

लक्की खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर