Lucky-Khabar_

दुर्गा ट्रान्सपोर्टमा छापा, भन्सार छलीका सामान गोदाममा रहेको आशंका

वैशाख,वीरगञ्ज । वीरगञ्जको आर्दशनगरस्थित १० स्थित दुर्गा ट्रान्सपोर्ट गोदाममा छापामारी भएको हो ।
वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी पर्साले संयुक्तरुपमा उक्त ट्रान्सपोर्टमा छापामारी गरेको हो । ट्रान्सपोर्टको गोदाममा भन्सार छलीका सामानहरु लुकाइछिपाई राखिएको विशेष सूचनाको आधारमा छापामारी गरेको वीरगञ्ज भन्सार कार्यालयबाट जानकारी भएको छ ।

content ad p2

स्रोतका अनुसार कपडा तस्कर मदन रुन्चेको गोदाममा भन्सार कार्यालय र सशस्त्र प्रहरीले छापा मारेको हो । बरामद सामानहरुबारे विवरण संकलन कार्य भइरहेको भन्सार कार्यालय प्रमुख डिलाराम पन्थीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर

अमेरिकाको डाइभर्सिटी भिसा (DV) लटरी २०२७ 🇺🇸🇺🇸

लक्की खबर