२७ जेठ, काठमाडौँ। मोरङको रंगेली नगरपालिकाको नगर प्रहरीलाई कुटनेलाई नछोड्नाले विराटनगरमा विद्यार्थीले १ सरकारी गाडी जलाइदिएका छन् ।

रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा शुक्रबारदेखि आन्दोलन गरिरहेका विद्यार्थीले आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।
आइतबार बिहान सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी जलाएका हुन् । विद्यार्थीको समूहले नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड पनि गरेका छन् ।
गाडीको विवरण खुलिनसकेको प्रहरीले बताएको । प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् ।केही दिनअघि विद्यार्थीको एउटा समूहले रंगली नगरपालिकाभित्रै पसेर नगर प्रहरीमाथि आक्रमण गरेको थियो ।
निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका उनीहरूले नगर प्रहरीमाथि आक्रमण गरेका थिए । त्यसपछि प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्रलाई पक्राउ गरेको थियो । दीपक नेविसंघबाट महेन्द्र मोरङ स्ववियु सदस्य निर्वाचित भएका थिए भने जानकारी प्राप्त भएको छ ।


