Lucky-Khabar_

भोली आईतबार गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा

२२असार,बिरगंज। पर्साको प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा यही भोली आईतबार निकालिने भएको छ। वीरगञ्ज महानगरको ऐतिहासिक धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको रथयात्रालाई भोली आईतबार थप भव्य बनाउने तयारी भइरहेको समितिका अध्यक्ष श्याम पोखरेलले बताएका छन्।

content ad p2

गहवामाई मन्दिरको रथयात्रा मन्दिरको प्रांगणबाट सुरु भएर घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान हुँदै पुनः श्री गहवामाईको प्रांगणमा आउनेछ। आयोजकहरूले जनाए अनुसार, भोली आईतबार २३ गते बिहान ६ बजे रथयात्रा निकालिने छ।

यसैगरी, भोली आईतबार बेलुका ६ बजे भजन किर्तन आयोजना गरिने छ र असार २४ गते बेलुका ५ बजे महा भंडारा प्रसाद ग्रहण कार्यक्रम रहेको आयोजकहरूले जनाएका छन्। गत वर्षदेखि सुरु भएको रथयात्रालाई निरन्तरता दिँदै यस वर्ष थप व्यवस्थित र आकर्षक बनाइने छ।

समारोहलाई सफल बनाउन र थप भव्य बनाउनका लागि स्थानीय बासिन्दा र श्रद्धालुहरूले उत्साहपूर्वक तयारी गरिरहेका छन्। रथयात्राले वीरगञ्जको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर