Lucky-Khabar_

राखी सावन्तको उपचार खर्च तिर्न पुगे सलमान खान

बलिउडकी ड्रामा क्विन राखी सावन्त यतिबेला दुबईमा आराम गरेर बसिरहेकी छिन् । उनी पापाराजीको क्यामराबाट टाढा छिन् । तर पनि उनी हेडलाइनमा छाइरहेकी छिन् ।
हालै मात्र अभिनेत्रीको शल्यक्रिया गरिएको थियो । पेटबाट १० सेमी लामो ट्युमर निकालिएको थियो । यो शल्यक्रियाको बिल बलिउड अभिनेता सलमान खानले तिरेका छन् ।

content ad p2

राखी सलमानको निकै ठूलो फ्यान हुन् । राखीका पूर्व पति रितेशले पनि केही अघि अभिनेत्रीको स्थिति निकै नाजुक रहेको र उनको बिरामी नाटक नभएको बताएका थिए । शुरुमा राखीलाई हर्ट अट्याक भएको बताइएको थियो । तर जाँचको क्रममा उनमा अनेकौं स्वास्थ्य समस्या देखियो । यसमध्ये एक चाहिँ पेटमा ट्युमर थियो । यो अप्ठ्यारो स्थितिमा सलमानले आफूलाई सहायता गरेको उनले बताएकी छिन् ।

आफूले सहयोग नमागे पनि उनी आफैं आएर अस्पतालको बिल चुक्ता गर्न मद्दत गरेको राखीले बताएकी छिन् । ‘उनी आफ्नाहरूलाई कहिले पनि भुल्दैनन् । कसैलाई नबताइकन मद्दत गर्छन् । उनले मेरो मेडिकल बिल तिर्न पनि मद्दत गरे,’ राखीले टेली टक इन्डियालाई दिएको एक अन्तरवार्तामा भनेकी छिन् । यो अप्ठ्यारो परिस्थितिमा आफ्ना पूर्व पति रितेशले पनि आफूलाई निकै साथ दिएका राखीले बताइन् ।एजेन्सी

सम्बन्धित खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर

NRN युवती दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, इतिहासमा पहिलो गैरआवासीय नेपाली विजेता

लक्की खबर

सिनेमा हलमा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न चलचित्र विकास बोर्डको चेतावनी

लक्की खबर