Lucky-Khabar_

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि संविधानको ७६ (३) अनुसार सरकार बन्छ’ : सांसद यादवको दाबी

२६असार,वीरगञ्ज । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत नपाएपछि धारा ७६ (३) अनुसार नयाँ सरकार गठन हुने दाबी गरेका छन्।

content ad p2

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सांसद यादवले नेपाली कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो। उहाँले २८ गते विश्वासको मत पाउनुभएन भने स्वतः उपधारा ३ अनुसारको सरकार बन्छ। त्यसैले प्रतिपक्षका साथीहरुलाई धैर्यता गर्न आग्रह गर्छु।”

सांसद यादवले संविधान संशोधन गरेर दुई दलीय व्यवस्थामा देशलाई लैजाने प्रयास गरिएमा त्यो स्वीकार्य नहुने चेतावनी पनि दिए।

प्रचण्डले विश्वासको मत पाउन नसकेको खण्डमा संविधानको धारा ७६ (३) अनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु हुने प्रावधान रहेकोले प्रधानमन्त्रीको नेतृत्व परिवर्तन हुने संभावना रहेको छ।

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिनुपर्ने मुख्य बुँदाहरू:

विश्वासको मत नपाएमा संविधानको धारा ७६ (३) अनुसार नयाँ सरकार गठन हुने

कांग्रेस र एमालेले संविधान संशोधनको कुरा उठाएकोप्रति यादवको आपत्ति

दुई दलीय व्यवस्थामा देशलाई लैजान खोजिएकोप्रति यादवको चेतावनी

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर