Lucky-Khabar_

जापान जाने सपना बोकेर हिडेकी मिष्टि यादवको जीवन त्रिशुलीमा मिसियो

२८ असार, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ की मिष्टि यादव पर्साको सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा रेडियो ग्राफरको रुपमा करारमा कार्यरत रहेकी थिईन् ।
उनी जापान जाने तरखरमा थिईन् । उनको पारिवारिक श्रोतका अनुसार जापानको सैनिक अस्पतालमा आवेदन दिएकी उनी सोही परीक्षा दिनका लागि वीरगन्जबाट काठमाडौं जाने एञ्जल डिलक्स प्रालिको बसमा गएराति सवार थिईन् । तर, उनको जापान पुग्ने सपना काठमाडौं पनि नपुगी बीच बाटो मै तुहियो
शुक्रबार बिहानै मिमिरे बिहानी नहुदै नारायणढ–मुग्लिन सडकखण्डको पहिरोले बगाएको बससँगै उनी सहित २१ जना यात्रु त्रिशुलीमा बेपत्ता भएका छन् । जापान जान परीक्षा दिन हिडेकी मिष्टिको जीवन त्रिशुलीको धमिलो पानीमा मिसिएको छ ।

content ad p2

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ का जगदीश यादव छोरी मिष्टिलाई पढाउन, लेखाउन र भविष्य बनाउनका लागि जीतपुर सिमरा स्थित निजी किटनासक औषधिको बजार व्यावस्थापकको रुपमा काम गर्छन् । छोरीलाई जापान पठाएर परिवारमा खुशी साट्न चाहेका जगदीशको चाहनापनि दैवले खोसेर लगेको छ ।
सिमलतालमा भएको दुखद दुर्घटनाले अहिले सिंगो देश शोकमा डुबेको छ । देशभर मनसुनसँगै परेको अविरल बर्षा र त्यसपछि गएको बाढी पहिरो र डुबानले कयौले ज्यान गुमाउनु परेको छ । परिवार आफन्त नातेदारहरु गुमाउन परेको छ । अहिले बेपत्ता परिवारहरु निकै चिन्तित बनेका छन् ।
खोजी र उद्दारमा खटिएकाहरुले पनि प्रयास मात्रै जारी राखेका अहिलेसम्म केही सफलता हात पार्न नसकेको खबरहरु आईरहेका छन् । कलैया ६ का जगदीश छोरीको अवस्था बुझ्न बिहानै घटनास्थलतर्फ गएको उनका नजिकका साथीहरुबाटजानकारी प्राप्त भएको छन् ।

सम्बन्धित खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर

रौतहटमा १८ वर्षीया युवती मृत फेला, दाइजोको दबाब र हत्या आरोपबारे प्रहरीले अनुसन्धान गर्दै

लक्की खबर