१३ श्रावण काठमाडौं, सुर्खेत जिल्लाको वीरेन्द्रनगर न.पा. १३ करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण पूर्ण रुपले भत्किएको छ |
उक्त घर भत्किन गई निजको छोरी अं. वर्ष १४/१५ की शुशिला बुढा च्यापिन गएको छ |
घर भटकी बच्चा च्यापिएको खबर प्राप्त हुन साथ तत्कालै जिलला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटना स्थलमा खटिई बालिकालाई सकुशल उद्धार गरी थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याईएको भनि खबर प्राप्त भएको छ|
बाकि विवरण खुल्न बाकि रहेको छ भनि जानकारी भएको छ | 



