Lucky-Khabar_

पोखरामा स्कुल बस दुर्घटना हुदा १ विद्यार्थी र १ कर्मचारीको मृत्यु २९ जना घाइते

१४ साउन,वीरगञ्ज । पोखराको मट्टीखान नजिकै भएको ग १ क ६२१८ नम्बरको स्कुल बस दुर्घटनामा १ विद्यार्थी र १ कर्मचारीको मृत्यु भएको छ । दुर्घटना हुने बस एलपी देवकोटा मेमोरियल स्कुल पोखराको थियो भने सोहि स्कुलमा पढ्ने ५ वर्षका प्रिन्स विक र स्कुल बस सहयोगी आरती बिक को मृत्यु भएको हो ।

त्यस्तै त्यस अघि सोही घटनामा आरती बिक्सकी आमा ३३ वर्षकी आरती विकको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए । दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको थियो ।

बस दुर्घटनामा परि घाईते भएका २९ जनाहरुको गण्डकी मेडिकल कलेज, मणिपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । सोमबार बिहान विद्यार्थी लिएर आउने क्रममा एलपी देवकोटा मेमोरियल स्कुलको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो भनि जानकारी प्राप्त भएको छ।

content ad p2

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर