१७साउन,काठमाडौं।पेरिस ओलम्पिकमा बुधबार सम्पन्न खेलपछि अहिलेसम्म २७ देशले स्वर्ण पदक र ४७ देशले पदक जितेका छन्।
जसमध्ये चीन ९ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जितेर शीर्ष स्थानमा रहेको छ। त्यस्तै फ्रान्स ८ स्वर्ण, १० रजत र ८ कांस्य पदकसहित दोस्रो स्थानमा रहेको छ । त्यसतै जापान ८ स्वर्ण, ३ रजत र ४ कांस्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अस्ट्रेलिया ७ स्वर्णसहित ६ रजत र ३ कांस्य पदक जितेर चौथो स्थानमा छ।

त्यस्तै अमेरिकाले ५ स्वर्ण १३ रजत र १२ कांस्य पदक जितेको छ। त्यसै गरी इटालीले ३ स्वर्ण, ६ रजत र ४ कांस्य पदक जितेको छ। यस्तै ग्रेट ब्रिटेनले ६ स्वर्ण, ६ रजत र ५ कांस्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ६ स्वर्णसहित ३ रजत र ३ कांस्य पदक जितेको छ।
त्यस्तै क्यानडा, हङकङ र जर्मनी २-२ स्वर्ण पदक जितेका छन् । त्यसै गरी स्विडेन, नेदरल्याण्डस, जर्जिया, न्यूजील्याण्ड, बेल्जियम, काजकिस्तान, दक्षिण अफ्रिका, क्रोसिया, ग्वाटेमाला, आयरल्याण्ड, रोमानिया, अर्जेन्टिना, अजरबैजान, स्लोभेनिया, सर्बिया र उज्बेकिस्तानले पनि एक एक स्वर्ण पदक जितेका छन्।
त्यसै ओलम्पिक पदक जित्ने देशमा हंगेरी, उत्तर कोरिया, ब्राजिल, पोल्याण्ड, कोसोभो, मेक्सिको, स्वीजरल्याण्ड, टर्की, फिजी, मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, अस्ट्रिया, इजिप्ट, स्पेन, ग्रीस, स्लोभाकिया, ताजकिस्तान र युक्रेन अहिलेसम्म रहेका छन्।


