Lucky-Khabar_

अमेरिकी गायिका लेडी गागाको तेस्रो पटक इन्गेजमेन्ट

२५ साउन,काठमाडौं । अमेरिकाकी प्रसिद्ध गायिका लेडी गागा निजी जीवनको पनि चर्चामा हुन्छ। हलिउड अभिनेत्री समेत रहेकी लेडी गागाको शीर्ष भूमिका रहेको फिल्म ‘जोकर’ यसैवर्ष रिलिज तयारीमा छ ।
पछिल्लो साता डेटको खबरले यी गायिका गसिपको केन्द्रमा छिन् र नयाँ प्रेमीसँग डेट गरिरहेको खबर छ । अहिले उनको रोमान्ससँग सम्बन्धित खबर सार्वजनिक भइरहेका छन् । जसले फ्यानलाई खुसी दिइरहेको छ ।

लेडी गागाले अमेरिकी सञ्चारमाध्यमका अनुसार चाँडै सेतो गाउन लगाएर चर्चमा आफ्नो बुबाको अगाडि आफ्नो प्रेमी माइकल पोलान्स्कीलाई चुम्बन गरि उसलाई आफ्नो पार्टनर बनाउने छिन् ।

content ad p2

उनको एउटा भाइरल तस्वीरले यसको पुष्टि गरिरहेको छ, जसमा उनले इन्गेजमेन्टको औंठी लगाएकी छिन् । गागाले उद्यमी माइकल पोलान्स्कीलाई डेट गरिरहेकी छिन् ।

उनीहरु एक वर्षदेखि सम्बन्धमा रहेको र अहिले यी दुईले इन्गेजमेन्ट गरेको खबर छ । यसअघि पनि लेडी गागाले दुईपटक इन्गेजमेन्ट गरिसकेका छिन् ।

गागाको तस्वीरमा उनी टाउकोदेखि पाउसम्म कालो पहिरनमा देखिएकी छिन् । आँखामा कालो चश्मा र खुट्टामा कालो हिल । कोटमा हात हालेकी छन् । औंलामा लगाइएको ठूलो हीराको औंठीले सबैको ध्यान तानेको छ । यद्यपि, लेडी गागा वा माइकल पोलान्स्कीबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।

सार्वजनिक हुनेबित्तिकै यो तस्वीर गागाका फ्यान खुसीले उफ्रिए । एकजनाले लेखे, ‘गायिकाले यसअघि टेलर किन्नीसँग इन्गेजमेन्ट गरेकी थिइन् । टेलरबाहेक उनको क्रिश्चियन क्यारिनोसँग पनि इन्गेजमेन्ट भयो तर यी दुवैसँग उनको सम्बन्ध टिकेन ।’

आठ वर्षको उमेर ३८ वर्षीया लेडी गागा र ४६ वर्षीय माइकल पोलान्स्की बीच अन्तर छ ।

सम्बन्धित खबर

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

क्यानेडियन वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाएको भन्दै ट्रम्पविरुद्ध मुद्दा दायर

लक्की खबर