Lucky-Khabar_

कालिकामाई गाउँपालिकामा तालाबन्दी,अध्यक्षको घर घेराउ गर्ने चेतावनी

३० साउन, वीरगञ्ज । करार कर्मचारीको म्याद थप विषयलाई लिएर बहुमत जनप्रतिनिधि तथा स्थानियले गाउँपालिकाको कार्यालयमा मंगलबार पर्साको कालिकामाई गाउँपा लिकाकार्यालयमा तालाबन्दी गरेको हो ।

content ad p2

करारमा रहेका स्वास्थ्यका कर्मचारी मध्ये राजनितिक आस्थाको आधारमा आठ जनाको म्याद नथपिए पछि उनिहरु विगत १० दिन देखि पालिकाको मुल गेटमा धर्ना दिदै आएका छन् । कार्यालयमा गा.पा. अध्यक्ष र कर्मचारी आउन छोडेपछि समस्या समाधानका लागि दबाब दिन काग्रेस, एमाले र त्यहाँका निर्वाचित जनप्रतिनिधि सहित स्थानिय बासिन्दाले पालिकाको गेटमा धर्ना र प्रदर्शन समेत गरेका छन् ।

प्रदर्शन पछि गा.पा.कि उपाध्यक्ष राजमती देवी, वडा अध्यक्ष सोनालाल चौरसिया, संजय कुमार पटेल र संजय कुमार साह लगायत बहुसंख्यक गाउँसभा सदस्य र समर्थनमा गाउँ गाउँबाट आएका सर्वसाधारणले तालाबन्दि गरेका छन् ।

छिटो भन्दा छिटो पालिकामा पुगेर त्यहाँको समस्या समाधान नगरे पालिकाका आम जनताले गा.पा. अध्यक्षको घर घेर्ने चेतावनी समेत विरोध कार्यक्रमका वक्ताहरुले दिएका छन् । कार्यक्रमलार्ई निर्वाचित जनप्रतिनिधि नेपाली काग्रेसका अजय कुमार पटेल, नेकपा एमालेका पवन तिवारी समाज सेवी अरमान खाँ, नेपाल सि.एम.ए. संघका जिल्ला अध्यक्ष जितेन्द्र प्रसाद साह लगायतले सम्बोधन गरेका थिए ।

वक्ताहरुले गा.पा. अध्यक्ष भागेर वीरगञ्जमा समस्याको समाधान खोज्नु भन्दा पालिकामा आई समस्या समाधान गर्न जोड दिएका छन् । उनीहरुले यो समस्या समाधान नगरी गा.पा. अध्यक्ष पन्छिन खोजे उनको घर घेराउ गर्ने चेतावनी समेत दिएका छन् । स्थानिय सरकार प्रमुखको नाताले बिद्धमान समस्याको मुख्य जिम्मेवार गा.पा. अध्यक्ष नै हुन् ।

विगत नौ वर्ष देखि कार्यरत स्वास्थ्यका कर्मचारीलाई माघ महिनामा म्याद नथप्ने निर्णय गरेर उनीहरुको ठाउँमा गा.पा. अध्यक्षको पार्टीबाट चुनाव लडी पराजित भएकाहरुलाई प्रकृया पुर्याई नियुक्ती दिने गरीएको गोप्य निर्णय बाहिर आएपछि हटाइएका करार कर्मचारीहरु आन्दोलित भएका छन् ।

म्याद नथपिएका कर्मचारीमा अधिकांश प्राविधिक कर्मचारी रहेको र उनीहरुको कार्य सम्पादन मुल्याङ्कनमा ८०% भन्दा बढी नम्बर रहेको छ । उनीहरु स–सर्त अनुदानको बजेटबाट तलब लिदै आएका छन् ।

यस अघि नै आन्दोलनपछि जनशक्ति अभावका कारण स्वास्थ्य संस्था सन्चालन गर्न समस्या भएको स्वास्थ्य चौकी ईन्चार्जहरु सार्वजनिक रुपमै बताई सकेका छन् ।

सम्बन्धित खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन अभियान सुरु हुँदै, शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरण

लक्की खबर

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज यथावत

लक्की खबर