Lucky-Khabar_

पर्साबाट २ केजी १७१ ग्राम चाँदी सहित १ जना पक्राउ

३२ साउन,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले दुई केजी १७१ ग्राम चाँदीसहित एकजनालाई पक्राउ गरेको हो ।

content ad p2

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण घोडासहन ग्राम पोष्ट ११ बासुकीनाथ बस्ने १८ वर्षीय गोपाल कुमार रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागेर सशस्त्र प्रहरीले जाँच गरेको थियो ।

उनले बोकेको झोला र शरीरमा बेरेर लुकाइ छिपाइ राखेको अवस्थामा चाँदी बरामद भएको सशस्त्र प्रहरी पर्साका प्रहरी नायब उपरिक्षक देवेन्द्र सिंहले जानकारी दिए ।

बरामद चाँदीको मूल्यांकन तीन लाख २५ हजार ६५० रुपैँया कायम गरिएको छ । चाँदीसहित पक्राउ परेका गोपाललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर