Lucky-Khabar_

फ्याजुल हकको सवारी दुर्घटनामा मृत्युपछि वीरगञ्जको नारायणी अस्पताल अगाडी तनाव

४भाद्र,वीरगञ्ज। सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि वीरगञ्जको नारायणी अस्पताल अगाडीको सडकखण्ड केही बेर तनाब बनेको हो ।
शनिवार वीरगञ्जको नगवास्थित माईदिया पोखरीको बाईपास सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

मोटरसाइकलमा दुई जना चढेर गइरहेको अवस्थामा कारसँग ठोक्किदा मोटरसाइकलको पछाडी सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २ निवासी महम्मद फ्याजुल हक गम्भिर घाइते भएका थिए । वीरगञ्जको गण्डकस्थित नेपाल मेडिसिटी वयोद्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु भएपछि शबलाई सनाखतका लागि नारायणी अस्पतालमा राखिएको छ ।
त्यस्तै मोटरसाइकल चालकको विरुद्ध प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको थियो । दुरी कायम नगरी मोटरसाइकल चालककै लापरवाहीका कारण कारसँग ठोक्किएको भन्दै प्रहरीले अनुसन्धान थालेको पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए ।

मोटरसाइकल चालक विरुद्ध कारवाही प्रक्रिया अघि बढाउँदा स्थानीयले विरोध स्वरुप नारायणी अस्पताल अगाडीको सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण केही बेर सवारी साधनको आवतजावत समेत प्रभावित भएको थियो ।

त्यसैगरि अहिले प्रहरीसँग छलफल भएपछि कुरा मिलिसकेको पर्साका प्रमुख प्रहरी एसपी कुमोद ढुङ्गेलले बताए । अहिले अवस्था सामान्य भइसकेको उनले बताए ।

content ad p2

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बीरगंजको घण्टाघरमा रास्वपाद्वारा दीप प्रज्वलन गरी भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली

लक्की खबर