Lucky-Khabar_

पञ्जाबमा गस्तीमा रहेका प्रहरीमाथि आक्रमण, १२ जवानको मृत्यु

७ भदौ,काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु भएको छ। अरु ५ प्रहरी जवान घाइते भएका छन्।

रहीम यार खान जिल्लामा डाकु समूहले रकेट आक्रमण गरेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्। पञ्जाव प्रहरीका अनुसार मचका नदी क्षेत्रमा साप्ताहिक गस्ती सकेर फर्किएका दुई गाडीमध्ये एउटा गाडी बिग्रिएर रोकिएको अवस्थामा रकेट आक्रमण भएको हो।

content ad p2

यही क्षेत्रमा गत महिना भएको आक्रमणमा एक प्रहरी अधिकारी मारिएका थिए भने ४ आक्रमणकारीको ज्यान गएको थियो। मचका नदी तटीय क्षेत्रमा लामो समयदेखि सक्रिय आपराधिक समूह नियन्त्रणका लागि प्रहरीले विशेष अभियान चलाइरहे पनि सफल हुन सकेको छैन।

पाकिस्तानको राष्ट्रिय कार्ययोजना कार्यान्वयन समीक्षा समितिको गत अप्रिलमा भएको बैठकले सिन्ध र पञ्जाव प्रहरीको बलले डकैतीविरुद्ध संयुक्त अभियान सुरु गर्ने निर्णय गरेको थियो। पाकिस्तानको प्रहरी बल चोरी डाकुका साथै आतंककारी समूहको निशानामासमेत पर्दै आएको छ। एजेन्सी

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर