२३ भदौ, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा एक जना महिला युवतिको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

सुन्दरीजलस्थित ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा बिहीबार महिलाको शव भेटिएको थियो । प्रहरीका अनुसार उनी मजदुरी गरेर गुजारा चलाउँदै आएकी महिला हुन् ।
‘सुरुमा नामसहितका विवरण नखुलेपनि प्राविधिक पक्ष र मानवीय सूचनाहरुको विश्लेषण गरेर अनुसन्धान गर्दै जाँदा उनी सिराहाकी राम दुलारी भएको भन्ने बुझिएको छ ।’भनि आयो |
हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन् ।
प्रारम्भिक जाँचका क्रममा हत्याको कारण प्रेम सम्बन्ध हुनसक्ने आशंका गरिएको छ भने थप अनुसन्धान भइरहेको अधिकारीले जनाए ।


