Lucky-Khabar_

अलौं आईसीपी भन्सार क्षेत्र सवारी दुर्घटना हुदा टिनुको मृत्यु: भन्सार क्षेत्र तनावग्रस्त

(राम आर्य)
२८ भदौ, वीरगञ्ज । हिजो वीरगञ्जको आईसीपी भन्सार क्षेत्रमा ट्याङ्करले ठक्कर दिएर घाइते बनाएको मोटरसाइकल चालक टिनु कुमार साह तुराहाको मृत्यु भयो | अहिले सो क्षेत्र तनावग्रस्त बनेको हो ।

ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ नम्बरको मोटरसाइकललाई बिहीबार अपरान्ह करिब साढे ३ बजे ठक्कर दिँदा मोटरसाइकल चालक वीरगञ्ज–१७ अलौंका २२ वर्षिय तुराहाको मृत्यु भएको हो ।

content ad p2

गम्भिर घाईते भएका तुराहाको उपचार गण्डक स्थित बयोधा मेडिसिटी हस्पिटलमा उपचार भईरहेको थियो । उपचारकै क्रममा गएराति उनको मृत्युु भएको छ । आज विहान मृत्युको खबरले घटनास्थल आईसीपी भन्सार क्षेत्रमा हजारौंको संख्यामा स्थानियहरु उपस्थित भई प्रदर्शन गरिरहेका छन् ।

ट्याङ्कर चालकको लापरवाहीको कारण दुर्घटना भएको र पछि ट्यांकर चालकले जानीजानी ठक्कर दिएर मारेका भन्दै स्थानियहरु आक्रोसित बनेका छन् । ठक्कर दिने चालकलाई कारवाही र मृतक परिवारलाई क्षतिपुर्तिको माग सहित स्थानियहरु आज विहान देखि नै प्रदर्शनमा उत्रेका छन् ।

ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर