नेपाल प्रहरीमा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकसहित नयाँ भर्ना खुलेको छ ।

प्रहरी निरीक्षक(इन्सपेक्टर) पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २५६ जनाका लागि भर्ना खुलेको हो ।

जसमा अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ ।
फारम(दरखास्त) दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म रहेको छ ।


